यही पुस २८ गते ललितपुरको सातदोबाटोस्थित कराते हलमा आयोजना हुने पल्सर स्पोर्ट्स अवार्डलाई डिश मिडिया नेटवर्कले सहप्रायोजन गर्ने भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने अवार्ड वितरणलाई कम्पनीले ११ लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग गर्ने सम्झौता गरेको हो।
यसअनुसार कम्पनीले अवार्ड विजेतालाई १३ थान कनेक्सन (दुई वर्षको रिचार्जसमेत), २० जना मनोनयनमा परेकालाई जनही एक थान गरी २० थान डिशहोम कनेक्सन (एक वर्षको रिचार्जसहित) र १३ थान सेट टप बक्स (दुई वर्षको रिचार्जसहित) उपलब्ध हुनेछ। यसबाहेक ७ लाख नगद हुनेछ। कम्पनीले एक वर्षका लागि सम्झौता गरेको हो।
मञ्चका अनुसार पल्सर स्पोर्ट्स अवार्ड २०७६ यो वर्ष १० विधामा प्रदान गरिनेछ।
यसपालि वर्षका उत्कृष्ट खेलाडी पुरुषरमहिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र टिम अफ द इयर गरी नौ विधामा खेलाडी, प्रशिक्षक, पुराना खेलकर्मीलाई सम्मानित गरिनेछ।
यो पनि –
के भन्छन् पल्सर अवार्डको पिपल्स च्वाइस विधामा मनोनयनमा परेका खेलाडी? (भिडियो)
१७औँ पल्सर स्पोर्ट्स अवार्ड पुस २८ गते हुने, कुन विधामा के उपहार?

प्रतिक्रिया