क्रिस्टियानो रोनाल्डोको दोहोरो गोलसँगै यूभेन्ट्सले इटालियन सिरी ए फुटबलमा पर्माविरुद्ध ४–० को सानदार जित हात पारेको छ।
२३ औं मिनेटमा डिजेन कुलेसेस्कीले अलेक्स सेन्ड्रोको पासमा गोल गर्दै यूभेन्ट्सलाई अग्रता दिलाएका थिए।
त्यसको तीन मिनेटपछि रोनाल्डोले हेडर गोल गर्दै यूभेन्ट्सको अग्रता दोब्बर पारे। दोस्रो हाफको सुरुवातमै अर्को गोल थप्दै रोनाल्डोले यस सिजनको १२औं गोल गरे।
८५औं मिनेटमा फेडेरिको बेर्नाडेस्कीको क्रसमा अल्भारो मोराटाले चौथो गोल गरेसँगै यूभेन्ट्सले यस सिजनमा अपराजित सिलसिला कायमै राखेको छ।
जितसागै १३ खेलमा २७ अंक जोडेको यूभेन्ट्स तेस्रो स्थानमा छ। त्यति नै अंक भएको इन्टरमिलान दोस्रो र एक अंक बढी रहेको एसी मिलान शीर्ष स्थानमा छ। पराजित पर्मा भने १२ अंकसहित १५औं स्थानमा छ।

प्रतिक्रिया