खेल


क्रिस्टल प्यालेसको पोस्टमा लिभरपुलको सात गोल

क्रिस्टल प्यालेसको पोस्टमा लिभरपुलको सात गोल

नेपालखबर
पुस ५, २०७७ आइतबार १:१७,

रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले समान दुई दुई गोल  गरेपछि लिभरपुलले क्रिस्टल प्यालेसमाथि उसैको मैदानमा ७–० को जित हात पारेको छ।

सनसनीपूर्ण जितसँगै प्रिमियर लिगमा लिभरपुल पाँच अंकका साथ शीर्षमा रहेको छ।

फिर्मिनो र सलाहसँगै लिभरपुलको जितमा टाकुमी मिनामिनो, सडियो माने र जोर्डन हेन्डरसनले गोल गरे।

तेस्रो मिनेटमा नै मानेको पासमा मिनामिनोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। ३५औं मिनेटमा माने र फिर्मिनोले ४४ औं मिनेटमा गोल गरे।

५२औं मिनेटमा हेन्डरसन, ६८औं मिनेटमा फिर्मिनो र त्यसपछि ८१ र ८४औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सानदार जित दिलाए।

लिभरपुलले सात गोलको अन्तरले प्रिमियर लिगमा जित हात पारेको यो पहिलोपल्ट हो। क्रिस्टल प्यालेसले आफ्नो इतिहासमै पहिलोपल्ट घरेलु मैदानमा सात गोल ब्यहोरेको हो।

जितसँगै लिभरपुल १४ खेलमा ३१ अंकसहित शीर्षमा छ। दोस्रो स्थानका एभरटन त्यति नै खेलबाट २६ अंकका साथ दोस्रो स्थानमा छ। पराजित प्यालेस भने १८ अंकसहित १३औं स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad