खेल


मेस्सी र रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्की बने ‘फिफा उत्कृष्ट पुरुष वर्ष खेलाडी’

मेस्सी र रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्की बने ‘फिफा उत्कृष्ट पुरुष वर्ष खेलाडी’

नेपालखबर
पुस ३, २०७७ शुक्रबार ६:६,

क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई पछि पार्दै पोलिस स्टाइकर रोबर्ट लेवान्डोस्कीले फिफा उत्कृष्ट पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन्।

गएराति भएको भर्चुअल फिफा फुटबल अवार्डमा उनी उत्कृष्ट खेलाडी घोषित भएका हुन्।

रोनाल्डो र मेस्सीको दबदबा रहेको सो अवार्डमा लेवान्डोस्कीले पहिलो पटक अवार्ड जितेका हुन्।

लेवान्डोस्कीले ४७ खेलमा ५५ गोल गरेका छन्। लेवान्डोस्की लिग, कप र च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता भएका थिए।

मनोनयनमा परेका खेलाडीलाई राष्ट्रिय टोलीका कप्तान, मुख्य प्रशिक्षक, २ सय खेल पत्रकार र समर्थकको मतदानबाट उत्कृष्ट खेलाडी छनोट गरिन्छ। वार्यनमा रहेका लेवान्डोस्कीले १४ खेलमा १६ गोल गरिसकेका छन्।

यो वर्षको उत्कृष्ट महिला खेलाडी म्यानचेष्टर युनाइटेडकी लुसी ब्रोन्ज बनिन्।

वर्षको उत्कृष्ट गोलकिपरको अवार्ड वायर्नकै म्यानुअर नोयरले जिते। वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड लिभरपुलका योर्गेन क्लोपले हात पारे। वर्षको वेष्ट गोल अवार्ड टोटनहमका फरवर्ड सन ह्युङ मिनले पाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad