राजनीति


संसद विशेष अधिवेशनको माग गर्न फेरि राष्ट्रपति कार्यालय जाने तयारीमा नेकपा नेताहरु

संसद विशेष अधिवेशनको माग गर्न फेरि राष्ट्रपति कार्यालय जाने तयारीमा नेकपा नेताहरु

नेपालखबर
पुस ३, २०७७ शुक्रबार ५:५०,

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नलिएको भन्दै फेरि संसद विशेष अधिवेशन माग गरेर सांसदहरूले हस्ताक्षर राष्ट्रपति कार्यालय बुझाउने तयारी गरेका छन्।

नेकपाका एक नेताका अनुसार स्थायी समितिको पुस ५ गतेका लागि तय गरिएको बैठक अगावै अध्यादेश फिर्ता नलिए अधिवेशन माग गरी हस्ताक्षर बुझाउन लागिएको हो।

मंसिर ३० गते प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए।

तर, ओलीको सो कदमको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ नेकपा दलभित्रबाटै समेत तीब्र विरोध भएको थियो।

पुस १ गते बसेको स्थायी समिति बैठकमा अध्यादेश फिर्ता लिन तयार भएका ओलीले अहिलेसम्म पनि फिर्ता गर्ने कुनै निर्णय नगरेपछि फेरि हस्ताक्षर बुझाएर विशेष अधिवेशन माग गर्न लागिएको एक सांसदले बताए।

‘उहाँले आफ्नै प्रतिबद्धता पूरा गर्नु भएन, अब पनि अध्यादेश फिर्ता लिने निर्णय कार्यान्वयन नगरे हामी विशेष अधिवेशन माग गरेर रास्ट्रपति कार्यालय जान्छौ,’ उनले भने।

पुस १ गते बुधबार ८३ जना सांसदको हस्ताक्षर लिएर नेकपाका नेताहरु रास्ट्रपति कार्यालयमा दर्ता गर्न गएपनी दर्ता गरिएको थिएन।

नेकपाका स्थायी समिति सदस्यहरु भीम रावल र पम्फा भुसाल ६ घन्टा शीतल निवासमै बसेका थिए।

सोहि दिन नेताहरुबीच प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने र प्रचण्ड-नेपाल पक्षले विशेष अधिवेशनको माग अघि नबढाउने सहमति भएको थियो।

तर बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले त्यसबारे कुनै चर्चा नगरेको र फिर्ता लिने कुनै पहल नगरेको देखेपछि प्रचण्ड-नेपाल पक्षले फेरि राष्ट्रपति कार्यालय पुग्ने तयारी गरेको हो।

आज दिनभर अध्यादेश फिर्तालाई कुर्ने र नलिए विशेष अधिवेशन माग गरेर रास्ट्रपति कार्यालय जाने तयारीमा नेताहरु रहेका छन्।

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सो माग गर्न लागेका हुन्।

मंसिर २८ र ३० गते बसेको संवैधानिक परिषदको बैठकमा सभामुख अग्नि सापकोटा उपस्थित नभएपछि गणपुरक संख्या पुगेको थिएन।

त्यसपछि प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएर बहुमतको आधारमा निर्णय गर्न सकिने प्रावधान राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad