खेल


५४ वर्षे टाइसनको खेल पहिलेजस्तै आक्रामक, तर नकआउट भने गर्न सकेनन् (भिडियो)

५४ वर्षे टाइसनको खेल पहिलेजस्तै आक्रामक, तर नकआउट भने गर्न सकेनन् (भिडियो)

नेपालखबर
मंसिर १४, २०७७ आइतबार ६:१७,

१५ वर्षपछि पहिलोपटक रिङमा फर्किएका टाइसनले सहयोगार्थ खेलका लागि अर्का स्टार बक्सर ५१ वर्षका रोय जोन्स जुनियरसँग शनिबार राति प्रतिस्पर्धा गरेका थिए।

आठ राउन्डको खेल प्रति राउन्ड २–२ मिनेटले खेलाइएको थियो। खेल अवधिभर टाइसनले आफ्नो दबदबा कायम गरेका थिए।

यद्यपी उनले रोय जोन्सलाई नकआउट भने गर्न सकेनन्। रोय जोन्सले भने रक्षात्मक खेल खेलेका थिए।

जजहरुले ८ राउन्डको खेललाई अन्तत बराबरी भएको घोषणा गरेका थिए। टाइसनले खेलपछि आफू खेल ड्र (बराबरी) भएपनि खुशी भएको बताएका थिए।

रोय जोन्सले भने टाइसनको हरेक प्रहारले शरीर दुख्ने बताएका थिए।

(भिडियो)

दुवै आफ्नो समयमा उत्कृष्ट बक्सरबीचको यस भिडन्तलाई चासोका साथ हेरिएको थियो। मानिसहरुले यस खेल हेर्न बेग्र रुपमा प्रतिक्षा गरिरहेका थिए।

यस खेलमा दर्शकहरुले टाइसनले नकआउट हेर्न चाहेका थिए। यद्यपी खेलपछि दुवैको खेल उत्कृष्ट भएको चर्चा चलिरहेको छ।

खेल जीवनबाट लामो समययता सन्यास लिएका दुवै बक्सरले पाको उमेरमा बक्सिङ खेल्नुको उद्देश्य विशेष अभियानलाई सहयोग पुर्याउनु रहेको थियो।

अमेरिकामा पछिल्लो समय रंगभेदी आन्दोलन चर्किएको छ। प्रहरीले काला जातिमाथि ज्यादती गरेको आरोप लाग्ने गरेको छ।

यसबीचमा काला जातिको अभियानमा रकम संकलन गर्न यो खेल आयोजना गरिएको थियो। यस खेल औपचारिक बेल्टको लागि थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad