खेल


मृत्यु अगाडिको अन्तर्वार्तामा म्याराडोनाले मेस्सी, रोनाल्डो र एमबाप्पेको प्रशंसा गरेका थिए

मृत्यु अगाडिको अन्तर्वार्तामा म्याराडोनाले मेस्सी, रोनाल्डो र एमबाप्पेको प्रशंसा गरेका थिए

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार ६:२८,

६० वर्षको उमेरमा म्याराडोनाको निधन भएको हो। दुई हप्ताअघि मात्रै म्याराडोना मस्तिष्कमा ब्लट क्लट सर्जरीपछि अस्पतालबाट डिस्चार्ज भएका थिए।

विश्वका एक महान खेलाडी म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले १९८६ को विश्वकप जितेको थियो।

उनको निधनको खबरले विश्वभरका खेल पारखी निशब्द बनेका छन्, शोकमा डुबेका छन्।

म्याराडोनाले संसार छाड्न अघि गत महिना एक अन्तर्वार्तामा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र केलिएन एमबाप्पेको प्रशंसा गरेका थिए।

उनले मेस्सी र रोनाल्डो अरुभन्दा उत्कृष्ट भएको र उनीहरु जत्तिको कोही हुन नसक्ने बताएका थिए। मेस्सी र रोनाल्डोपछि आफूलाई केलिएन एमबाप्पे मनपर्ने म्याराडोनाको भनाइ थियो।

अर्जेन्टिनाका पूर्व स्टार फुटबलर तथा विश्वकप विजेता डिएगो म्याराडोनाले दुई वर्तमान फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको प्रशंसा गरेका छन्।

म्याराडोनाले भनेका थिए,‘मेस्सी र रोनाल्डो अथवा रोनाल्डो र मेस्सी मेरा लागि उनीहरु अन्यभन्दा उत्कृष्ट खेलाडी हुन्।’

‘कुनै खेलाडी उनीहरुको नजिक पुगेको मैले देखेको छैन। उनीहरुले जे गरे र जे पाए त्यसको आधा गर्नपनि कसैले सक्दैनन्’ उनले भनेका थिए।

सो क्रममा म्याराडोनाले आफूलाई बेलायती टोलीविरुद्ध फेरि एकपटक गोल गर्ने चाहना भएको पनि बताएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad