राजनीति


केपी ओलीमा नैतिकता छ भने पदत्याग गरेर प्रायश्चित गर्नुपर्छ : डा भट्टराई

केपी ओलीमा नैतिकता छ भने पदत्याग गरेर प्रायश्चित गर्नुपर्छ : डा भट्टराई

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार ६:३७,

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारसम्बन्धी संगीन आरोपलाई ध्यान दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा पदत्याग गर्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री ओली आफैँ भ्रष्टाचारीको संरक्षणमा उत्रिन्छन् भन्ने ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’को प्रतिवेदनतर्फ संकेत गर्दै डा. भट्टराईले प्रधानमन्त्रीलाई नैतिकताका आधारमा पदत्याग गरी प्रायश्चित गर्न सुझाब दिएका हुन्।

उनले शासकीय स्वरुप, निर्वाचन प्रणाली, जनलोकपाल र  आर्थिक विकास गरी संरचनात्मक सुधार नगरेसम्म भ्रष्टाचार नरोकिने उनको भनाइ छ।

 ‘प्रम केपी शर्मा ओलीमा नैतिकता छ भने आफ्नै देशका जनता र अन्तर्राष्ट्रिय जगत समेतको भ्रष्टाचारसम्बन्धी यी संगीन आरोपलाई ध्यान दिँदै पदत्याग गर्नु र प्रायश्चित गर्नु उपयुक्त हुन्छ। अनि यी संरचनात्मक सुधार नगरी भ्रष्टाचार रोकिन्न है,  १, शासकीय स्वरूप, २. निर्वाचन प्रणाली, ३. जनलोकपाल र ४. आर्थिक विकास’, सामाजिक सञ्जाल ट्विटरमा पूर्वप्रधानमन्त्री भट्टराईले लेखेका छन्।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .