ad ad

खेल


साउन २१ बाट काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप

साउन २१ बाट काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप

नेपालखबर
साउन १३, २०७६ सोमबार ११:२३,

उपत्यकाव्यापी च्याम्पियनसिप साउन २४ गतेसम्म आयोजना हुने काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापाले जानकारी दिए।

थापाले विद्यालय उमेरदेखि नै राष्ट्रिय खेलाडी उत्पादनमा सघाउ पुर्याउँने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए।

च्याम्पियनसिपमा काठमाडौं, ललितपुर, भक्तपुरका प्याब्सन, एनप्याब्सन र सामुदायिक विद्यालयका झण्डै ९ सयभन्दा बढी विधार्थीहरुको सहभागिता रहने आयोजकले जनाएको छ।

च्याम्पियनसिपमा यू–१२ र यू–१४ ब्वाइज र गल्र्स तथा मिक्स डबल्समा प्रतिस्पर्धा गराइनेछ।

च्याम्पियनसिपको यू–१२ को महिला र पुरुष दुवैको विजेताले २० हजार, उपविजेताले १५ र तेस्रोले १०–१० हजार प्राप्त गर्ने छन्। यस्तै यू–१४ को दुवैतर्फको विजेताले ३०, उपविजेताले १५ र तेस्रोले १०–१० हजार पाउने थापाले बताए।

मिक्स डबलतर्फको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १०–१० हजार पाउने छन्।

नेपाल खेलकुद पत्रकार मञ्च र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको सहयोग रहने प्रतियोगिताको डिस होम एक्सन स्पोर्टसले प्रत्यक्ष प्रशारण गर्नेछ।

प्याब्सन काठमाडौंसँगको सहकार्यमा हुने च्याम्पियनसिप कीर्तिपुरस्थित त्रिभुवन विश्वविधालयको त्रिभुवन स्मृति हलमा हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .