फिफा विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलको तयारीमा रहेको नेपालले मैत्रीपूर्ण खेलमा आज बगंलादेशसँग नेपाली समयअनुसार अपरान्ह ४ बजेर ४५ मिनेटमा प्रतिस्पर्धा गर्नेछ।
खेल राजधानी ढाकास्थित बगंबन्धु स्टेडियममा हुनेछ। यसअघि पहिलो मैत्रीपूर्ण खेलमा २–० ले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्दै घर फर्कन चाहान्छ।
पहिलो खेलमा कोरोना भाइरसको संक्रमण देखिएका नेपाली राष्ट्रिय टोलीका खेलाडीहरु आजको खेलमा उपलब्ध हुनेछन्। बगंलादेशका मुख्य प्रशिक्षक भने कोरोना सक्रमण देखिएपछि आइसोलेसनमा छन्।
विश्कप छनोट अन्तर्गत नेपालले ३ होम म्याच खेल्न बाँकी छ। होम म्याच अन्तर्गत कुवेतसँगको खेल तटस्थ भूमिको रुपमा भुटानमा खेलेको नेपालले चाइनिज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग दशरथ रगंशालामा खेल्नेछ।
प्रतिक्रिया