छापा खबर


सहकारीको गुणस्तर प्रमाणीकरण कार्यक्रम विवादमा

सहकारीको गुणस्तर प्रमाणीकरण कार्यक्रम विवादमा

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार ३:१२,

बचत तथा ऋण सहकारी संस्थाको गुणस्तर प्रमाणीकरण गर्ने कार्यक्रम विवादमा पर्न थालेको छ।

गुणस्तर मापन गर्दै दिइने ब्राण्डका लागि आर्थिक चलखेल भएको र गुणस्तर सुनिश्चितता गरिएका संस्थामै कैफियत देखिन थालेपछि कार्यक्रमकै विश्वसनियतामा प्रश्न उठ्न थालेको खबर आजको कारोबार दैनिकले छापेको छ।

नेपालमा एसियाली ऋण महासंघ (अक्कु) तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले सहकारीको गुणस्तर सूनिश्चितता गर्ने ब्रान्डिङ कार्यक्रम एक्सेस वि.सं. २०६५ देखि सञ्चालन गर्दै आएका छन् । हाल यस कार्यक्रममा ६ दर्जन संस्थाआवद्ध छन्।

नेफ्स्कूनले नै सहकारी विभागसँगको सहकार्यमा प्रोवेशन र आफैंले मात्र कब्र्स सञ्चालन गरिरहेको छ । दुवै कार्यक्रममा गरी ५ सय हाराहारीमा संस्था आवद्ध रहेका छन् । यसैगरी गत वर्षवाट राष्ट्रिय सहकारी बैंकले समेत एससीबीएल केयर नाममा ब्राण्डिङ कार्यक्रम सुरु गरेको छ।

गुणस्तर सुनिश्चितता गर्नका लागि संचालन गरिएका कार्यक्रममा सहभागितामा सहकारीको आकर्षण बढ्दै गएपनि ब्राण्ड लिनका लागि भएका चलखेलका कारण विश्वसनियतामा भने प्रश्न उठ्न थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad