खेल


मुम्बईविरुद्ध दिल्लीलाई पहिलो बलमै झट्का, स्टोनिस आउट

मुम्बईविरुद्ध दिल्लीलाई पहिलो बलमै झट्का, स्टोनिस आउट

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार १४:९,

इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिका लागि मुम्बईविरुद्ध दिल्लीले पहिलो बलमै विकेट गुमाएको छ।

दिल्लीका ओपनर ब्याट्सम्यान मार्कस स्टोनिस पहिलो बलमै आउट भएका हुन्। उनलाई टे«न्ट बोल्डले पहिलो बलमै क्याचआउट गराएका हुन्।

टस जितेर ब्याटिङ रोजेको दिल्लीले आजको खेल जिते इतिहास रच्दै मुम्वईसँगका तीन हारको बदला समेत लिने छ।

यसअघि समूह चरणका दुवै खेलमा दिल्ली मुम्बईसँग पराजित भएको थियो भने क्वालिफायरमा पनि मुम्बई नै तगारो बनेको थियो। तर हैदरावादलाई हराउँदै दिल्लीले पुनः मुम्बईसँगको भेट पक्का गरेको हो। दिल्ली आईपीएलको फाइनलमा पहिलो पटक पुगेको हो।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्लीले सन्दीपलाई कुनै पनि खेलमा मौका दिएन। फाइनल प्रवेशका लागि भएको खेलमा दिशल्ली मुम्बईसँग ५७ रनले पराजित भएको थियो।

समूह चरणको दोस्रो खेलमा पनि दिल्लीले दिएको लक्ष्य मुम्बईले ३४ बल बाँकी छँदै मात्र एक वीकेटको क्षतिमा पूरा गरेको थियो। पहिलो खेल मुम्बईले २ बल बाँकी छँदा ५ विकेटले जितेको थियो।

मुम्बईविरुद्ध दिल्लीले सर्वाधिक १६२ रन मात्रै बनाउन सकेको छ। बाँकी दुई खेलमा ११० र १४३ रन बटुलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad