खेल


आईपीएल फाइनल : पहिलोपटक उपाधि जित्ने दाउमा दिल्ली क्यापिटल्स

आईपीएल फाइनल : पहिलोपटक उपाधि जित्ने दाउमा दिल्ली क्यापिटल्स

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार १३:५९,

इण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिको लागि अहिले दिल्ली क्यापिटल्स् र मुम्बई इण्डियनबीच प्रतिस्पर्धा हुँदै छ।

दुवई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्लीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

आजको खेलमा दिल्लीले पुरानै टोलीलाई निरन्तरता दिँदा मुम्बईले एक खेलाडी परिवर्तन गरेको छ।

मुम्बईका स्पिनर राहुल चाहरको स्थानमा जयन्त यादवलाई टोलीमा समावेश गरिएको छ।

जारी लिगमा दिल्ली र मुम्बइ चौथोपटक भिड्न लागेका हुन्। समूह चरणमा यी टिम दुई पटक भिडेका थिए।

No description available.

लिग चरणमा मुम्बई शीर्ष र दिल्ली दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेका थिए। जुन खेलमा मुम्बईले दिल्लीलाई ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

दिल्लीले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई १७ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो।

चारपटकको च्याम्पियन मुम्बई दिल्लीलाई हराउँदै पाँचौँपटक उपाधि जित्न चाहन्छ। पहिलो पटक फाइनलमा पुगेको दिल्ली उपाधि जित्दै इतिहास रच्ने दाउमा छ।

मुम्बईले लिग चरणमा दिल्लीलाई ९ र ५ विकेटले हराएको थियो। जारी सिजन तीन पटक भिड्दा दिल्लीले मुम्बइलाई हराउनसकेको छैन।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो।

यस्तो छ प्लेइङ ११ को सेट

दिल्ली : प्रविन दुबे, शिखर धवन, अजिंक्या रहाणे, श्रेयस ऐर (कप्तान), ऋषभ पन्त (विकेट किपर), मार्कस स्टोइनिस, अक्षर पटेल, शिम्रन हेटमायर, रविचन्द्रन आश्विन, कागिसो रबाडा र एनरिच नोर्किया

मुम्बई : रोहित शर्मा (कप्तान), क्विन्टन डी कक(विकेटकिपर), सूर्यकुमार यादव, ईशान किशन, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, काइरन पोलार्ड, नाथन कुल्टर नाइल, ट्रेन्ट बोल्ट, जयन्त यादव र जस्प्रित बुमराह

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad