स्पेनिस ला लिगा फुटबलमा ग्रानाडालाई २–० ले पराजित गर्दै रियल सोसिडाड अंक तालिकाको शीर्ष स्थानमा उक्लेकाे छ।
रियलको जितका लागि नाचो मोन्नियल र माइकल ओयजावालले एक एक गोल गरेका हुन्।
१० खेलाडीमा कोरोना पोजेटिभ देखिएपछि खेल स्थगित गर्न गरेको अनुरोध अस्वीकार भएपछि ग्रानाडा ७ सिनियर खेलाडी लिएर मैदान उत्रेको थियो।
स्पेनिस फुटबल महासंघ र लिग आयोजकले गा्रानाडाको खेल स्थगित गर्ने प्रस्ताव अस्वीकार गरेका थिए।
लिग नियमअनुसार ५ वा सोभन्दा कम खेलाडी उपलब्ध भएमा मात्र खेल स्थगित गर्न सकिन्छ। तर ग्रानाडासँग ७ खेलाडी भएकाले खेल स्थगित गर्न नसकिएको ला लिगाले जनाएको छ।
ग्राााडाले यसअघि साइप्रसको यात्रा गरेपछि नियम उल्लंघन गरेको भन्दै अनुसासनको कारबाही भाेगिरहेकाे ला लिगाले जनाएको छ।

प्रतिक्रिया