ad ad

खेल


क्यानले खेलाडी वर्गीकरणलाई सच्यायो, सोमपाल 'बी' बाट 'ए' श्रेणीमा

क्यानले खेलाडी वर्गीकरणलाई सच्यायो, सोमपाल 'बी' बाट 'ए' श्रेणीमा

नेपालखबर
कात्तिक २२, २०७७ शनिबार ९:४२,

नेपाल क्रिकेट संघले खेलाडी बर्गिकरण सच्चाएको छ। यसअघि गत असोज पहिलो साता क्यानले २०२० का लागि खेलाडी बर्गिकरण गर्दा न्यायोचित नभएको भन्दै सच्याउन आग्रह गरिएको थियो।

क्यानको शनिबार बसेको अनलाईन बोर्ड बैठकले उक्त बर्गिकरणलाई हेरफेर गरेको हो।

क्यान कोषाध्यक्ष रोशन सिंहको संयोजकत्वमा रहेको खेलाडी वर्गिकरण छनोट समितीले तीव्र गतीका बलर सोमपाल कामीलाई ए श्रेणीमा ल्याएको छ।

यसअघि उनी बि श्रेणीमा थिए। यस्तै अविनाश बोहरालाई सी श्रेणीबाट बी, त्यसबेला बर्गिकरणमै नपरेका ललितनारायण राजवंशीलाई बि श्रेणीमा र सन्दीप जोरालाई सि श्रेणीमा राखिएको छ।

त्यसैगरी महिला क्रिकेट खेलाडी तर्फ सरस्वती चौधरीलाई बि श्रेणीमा ममता चौधरी र सुमन खतिवडालाई सी श्रेणीमा राख्ने प्रस्ताव सर्वसम्मतीबाट पारित भएको सिंहले जनाए।

कोरोनाको महामारीलाई मध्यनजर गर्दै हाललाई खेलाडी सम्झौता २०२० जनवरी देखि ६ महिनाको लागि गर्ने निर्णय गरिएको उनले जानकारी दिए।

 पुरुषतर्फ ए श्रेणीमा पर्नेले मासिक ५० हजार, बी मा पर्नेले ४० हजार र सी मा पर्नेले ३० हजार मासिक पारिश्रमिक पाउनेछन्।

यस्तै महिलातर्फ क्यानले पहिलोपल्ट पारिश्रमिक दिने निर्णय गरेको हो। जसअनुसार ए श्रेणीमा रहेका महिला खेलाडीले मासिक १५ हजार, बी श्रेणीमा रहेकाले १२ र सी श्रेणीमा रहेकाले १० हजार रुपैयाँ पाउनेछन्। 

गत असोजमा पुरुषतर्फ क्यानले १८ जना खेलाडीलाई केन्द्रीय सम्झौतामा आवद्ध गरेको छ।

जसअनुसार ए श्रेणीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, बी श्रेणीमा सुशन भारी, सोमपाल कामी, आरिफ शेख र पवन सर्राफ थिए।

यस्तै सी श्रेणीमा सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, अविनाश बोहरा र कमल ऐरी थिए। सोही वर्गिकरणलाई क्यानले शनिबार हेरफेर गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .