ad ad

खेल


ग्यारेथ बेललाई म्याड्रिडले चीन जान नदिने, आफैसँग राख्ने

ग्यारेथ बेललाई म्याड्रिडले चीन जान नदिने, आफैसँग राख्ने

नेपालखबर
साउन १२, २०७६ आइतबार १२:३७,

बेलले चाइनिज सुपर लिग खेल्ने क्लब जियाङ्सु सुनिङसँग तीन वर्षका लागि सम्झौता गर्ने निश्चित भइसकेको थियो। सुनिङसँग हप्तामा एक मिलियन पाउण्ड पाउने गरि ३ वर्षको लागि उनको सम्झौता अन्तिम चरणमा पुगेको थियो।

बेलको इच्छा मड्रिडमै रहने भएपनि क्लबले उनलाई चीन पठाउने निर्णय गरेको थियो। तर बेलको सुनिङसँगको सम्झौता अन्तिम चरणमा पुग्दा आइतबार भने म्याड्रिडले बेल बेच्ने निर्णयलाई रद्द गरेको हो।

हालैका दिनमा मड्रिडका प्रशिक्षक जिनेदिन जिदान र बेलको सम्बन्ध निकै उत्कर्षमा पुगको थियो। जिदानले बेल मड्रिडबाट निस्के त्यो उत्तम हुने बताएका थिए।

जिदालने बेललाई कुनै खेलमा अटाएका थिएनन्। तर केही दिन अगाडिमात्र बेल रहित खेलमा मड्रिड एथ्लेटिको मड्रिडसँग ७–३ को लज्जास्पद हार व्यहोर्न बाध्य भयो।

साथै मड्रिडमा स्टार मार्को आसेन्सियो गम्भीर घाइते भएपछि उनी नयाँ सिजनमा भर पुरा आराममा हुने बताइएको छ।  यस्तै खराब अवस्थाकाबीच मड्रिडले बेलको ट्रान्सफरलाई रद्द गरेको हो।

 सन् २०१३ मा टोट्नहमबाट ८५ मिलियन पाउण्डमा बेल रियल आएका थिए। अझैपनि बेर्नाबेउ क्लबमा उनको तीनवर्षको सम्झौता बाँकी छ। 

रियलमा बेलले चार च्याम्पियन्स लिग, एक ला लिगा र एक कोपा डेल रेको उपाधि जितेका छन्। यस्तै तीन यूएफा सुपर कप र क्लब विश्वकप पनि बेलले जितेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .