डिएगो जोटाको ह्याट्रिककाे मद्दतमा यूईएफए च्याम्पियन्स लिगमा लिभरपुलले एटलान्टालाई फराकिलो गाेल अन्तर ५–० ले पराजित गरेको छ।
मंगलबार राति भएको खेलमा लिभरपुलका खेलाडी जोटाले १६औं मिनेटमा गोल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए। ३३औं मिनेटमा उनले अग्रता दोब्बर पारे। ४७ औं मिनेटमा मोहम्मद सलाहले अर्को गोल थपे।
अनि ४९ औं मिनेटमा साडियो मानेले टोलीका लागि चौथो गोल थपे। ५४औं मिनेटमा ह्याट्रिक पूरा गरेका जोटाले पाँचौं गोल गर्दै लिभरपुलकाे फराकिलो जित दर्ता गराएका हुन्।
गएराति नै भएको अर्को खेलमा इन्टर मिलानलाइ ३–२ गाेल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिगमा सिजनको पहिलो जित प्राप्त गरेकाे छ।
रियलको जितमा करिम बेन्जेमा, कप्तान सर्जियो रामोस र रोड्रीगो गोएसले गोल गरेका थिए भने इन्टरका लागि लौटारो मार्टिनेज र इभान पेरिसिचले गोल गरेका हुन्।
घरेलु टोली रियलले खेलको २५औं मिनेटमा बेन्जेमाको गोलबाट अग्रता बनाएको थियो। ३३औं मिनेटमा कप्तान सर्जियो रामोसले गोल गर्दै अग्रता दोब्बर पारे।
त्यसको २ मिनेटमा नै इन्टरका लौटारो मार्टिनेजले गोल गर्दै खेललाइ २–१ को स्थितिमा ल्याए। दोस्रो हाफको ६८औं मिनेटमा इन्टरका इभान पेरिसिचले गोल गर्दै खेललाई बराबरीमा बनाए।
८०औं मिनेटमा रियलले रोड्रिगो गोएसको गोलमा पुनः अग्रता बनायो।
गएरातिकै अन्य खेलमा म्यानचेस्टर सिटीले ओलम्पियाकोसलाइ ३–० ले पराजित गरेकाे छ भने वार्यन म्युनिखले आरबी साल्जवर्गलाई ६–२ गाेल अन्तरले पाखा लगाएकाे छ।
Shares

प्रतिक्रिया