खेल


आइपिएल: विजयी दिल्ली क्वालिफायरमा,पराजित बैग्लोर पनि प्लेअफमा

आइपिएल:  विजयी दिल्ली क्वालिफायरमा,पराजित बैग्लोर पनि प्लेअफमा

नेपालखबर
कात्तिक १८, २०७७ मंगलबार १:२८,

रोयल च्यालेन्जर्स बैग्लोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)को क्वालिफायरमा प्रवेश गरेको छ।

सोमबार राति भएको खेलमा बैग्लोरलाई पराजित गर्दै दिल्लीले लगातार दोस्रो सिजन प्लेअफमा स्थान बनाउन सफल भएको हो।

दिल्लीसँग पराजित भएपनि बैग्लोर पनि प्लेअफमा पुगेको छ। तेस्रो स्थानमा रहेको बैग्लोर कोलकाताका भन्दा नेटरनरेटले अगाडी रहेपछि प्लेअफमा स्थान बनाउन सफल भएको हो।

पहिलो क्वालिफायरमा फाइनलमा स्थान मुम्बई र दिल्ली बिहिबार भिड्नेछन्। शुक्रबार तेस्रो र चौथो स्थानमा रहेका टोलीले एलिमिनेटर खेल खेल्नेछ।

मंगलबार हैदराबाद मुम्बईविरुद्ध विजयी भएमा प्लेअफमा पुग्नेछ। पराजित भएमा कोलकाताले प्ले अफमा स्थान बनाउने छ। हैदराबाद पराजित भएमा एलिमिनेटरमा कोलकाता र बेंगलोर भिड्ने छन्।

१ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। अजिंक्या रहाणेले सर्वाधिक ६० रनको योगदान दिए। उनले ४६ बलमा ५ चौका र १ छक्का हाने।

दोस्रो विकेटका लागि शिखर धवन र अजिंक्या रहाणेले ८८ रनको साझेदारी गरेपछि दिल्लीको जितको आधार तयार भएको थियो। धवन ५४ रनमा क्याच आउट भए।

बेंगलोरका शहबाज अहमदले २ विकेट झारे। मोहम्मद शिराज र वासिन्टन सुन्दरले एक विकेट लिए।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा पहिले ब्याटिङ गरेको बैग्लोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५२ रनको योगफल तयार पारेको थियो। ओपनर देवदत्त पाडिक्कलले अर्धशतक प्रहार हाने। विराट कोहली २९ रनमा पवेलिय फर्के। दोस्रो विकेटका लागि कोहली र पाडिक्कलले ५७ रनको साझेदारी गरे।

एनरिच नोर्कियाले ३ विकेट लिए। कागिसो रबाडाले २ तथा रविचन्द्रन आश्विनले १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad