कोलकाता नाइड राइर्डससँग ६० रनले पराजित हुँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) बाट बाहिरिने तेस्रो टोली बनेको छ।
गएराति भएको खेलमा कोलकतासँग हार्दै राजस्थान लिग चरणबाटै बाहिरिको हो। जित हासिल गरेकाे कोलकता अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।
तर कोलकाताले प्ले अफमा स्थान बनाउन मंगलबार हुने सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्ससँगको खेलको नतिजा कुर्नुपर्ने भएको छ। सो खेलमा हैदराबाद विजयी भए नेट रन रेटका आधारमा प्लेअफमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ। हैदराबाद पराजित भएमा कोलकाता प्ले अफमा पुग्ने छ।
त्यसअघि किंग्स इलेभेन पन्जाब र चेन्नई सुपर किंग्सको प्लेअफमा पुग्ने सपना तुहिइसकेको छ। मुम्बई शीर्ष स्थानमा रहँदै प्ले अफमा पुगेको छ।
कोलकाताले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३१ रन मात्र बनाउन सक्यो। जस बटलरले ३५, राहुल टेवाटिया ३१ रनमा पवेलियन फर्के।
प्याट कमिन्स एक्लैले ४ विकेट झार्दा वरुण चक्रवर्ती र शिवम माभीले समान २ विकेट लिए। कमलेश नगरकोटीको नाममा एक विकेट रह्यो।
त्यसअघि दुबई इन्टरनेसल क्रिकेट स्टेडियममा पहिले ब्याटिङ गरेको कोलकाताले ७ विकेटको क्षतिमा १ सय ९१ रनको योगफल तयार पारेको थियो। कप्तान ओईन मोर्गन ६८ रनमा नटआउट रहे। उनले ३५ बलमा ५ चौका र ६ छक्का हाने।
दोस्रो विकेटका लागि राहुल त्रिपाठी र सुभमन गिलले ७२ रनको साझेदारी गरे। गिल ३६ रनक्मा क्याच आउट भए। त्रिपाठी ३९ रनमा क्याच आउट भए।
राहुल टेवाटियाले ३ विकेट झारे। कार्तिक त्यागीले २ विकेट लिए। जोफ्रा आर्चर र श्रेयस गोपालले समान १ विकेट लिए।
Shares

प्रतिक्रिया