ad ad

खेल


दिल्लीले पहिलोपटक देखायो सन्दीपलाई

दिल्लीले पहिलोपटक देखायो सन्दीपलाई

नेपालखबर
कात्तिक १६, २०७७ आइतबार १०:४७,

पछिल्ला खेलहरुमा निराशाजनक प्रदर्शन गरेको दिल्ली क्यापिटल्सले पहिलो पटक नेपाली स्पिनिर सन्दीप लामिछानेले प्राक्टिस गर्दै गरेको भिडियो सार्वजनिक गरेको छ।

दिल्लीको आधिकारिक ट्विटर ह्याण्डलमा आइतबार अपरान्ह सार्वजनिक गरिएको भिडियो क्लिपमा सन्दीपले अभ्यासको क्रममा गरेको बलिङसँगै सन्दीपको आवाज पनि समेटिएको छ। बलिङपछि सन्दीपले भनेका छन्,‘ द्याट्स माई प्ले।’ 

दिल्लीले गरेको ट्विटमा भनिएको छ ,‘यु नो इट्स अ टप टप डेलिभरी ह्वेन इट लिभ्स स्याण्डी एओस्ट्रक।’

यसअघि ८ वटा खेल खेलिसक्दा पनि दिल्लीले सन्दीपलाई न त मैदानमा उतारेको थियो न त उनको नाम नै कहिँकतै लिएको थियो। लगातारको हारपछि दिल्ली अंक तालिकाको तेस्रो स्थानमा छ भने अन्तिम ४ को यात्रा कठीन भएको छ।

यस्तो अवस्थामा दिल्लीले आउँदो खेलमा सन्दीपलाई मैदानमा उतार्ने सम्भावना बढेर गएको छ। दिल्लीले सोमबार रोयल च्यालेञ्ज बैंकलोरसँग प्रतिष्पर्धा गर्दैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .