समाज


काठमाडौं जिल्लामा मात्रै कोरोनाबाट संक्रमितको संख्या साढे ६० हजार!

काठमाडौं जिल्लामा मात्रै कोरोनाबाट संक्रमितको संख्या साढे ६० हजार!

नेपालखबर
कात्तिक १५, २०७७ शनिबार २:४,

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या काठमाडौं जिल्लामा मात्रै साढे ६० हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको शुक्रबार दिउँसोसम्मको तथ्यांकअनुसार काठमाडौं जिल्लामा मात्रै कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ६० हजार ७४२ पुगेको हो। जसमध्ये २१२ जनाको मृत्यु भइसकेको छ। 

यस्तै कूल संक्रमितमध्ये ४४ हजार २८८ जना निको भइसकेका भए पनि अझै १९ हजार ७ सय ५२ जना भाइरसबाट मुक्त भइसकेका छैनन्। उनीहरूको उपचार जारी रहेको मन्त्रालयले जनाएको छ। 

यसैगरी भक्तपुरमा काेराेनाबाट संक्रमित हुनेकाे कूल संख्या ५ हजार ६५० पुगेको छ। जसमध्ये ६३ जनाकाे मृत्यु भइसकेकाे छ। संक्रमितमध्ये ४ हजार ४ सय २२ जना निकाे भइसकेका छन् भने १ हजार १ सय ६५ जना अझै भाइरसयुक्त नै छन्।

यसैगरी ललितपुरमा संक्रमितको कूल संख्या ८ हजार ५ सय ९९ पुगेकाे छ। जसमध्ये ५८ जनाकाे मृत्यु भइसकेकाे छ। जम्मा संक्रमितमध्ये ६ हजार १९६ जना निकाे भइसकेका भए पनि २ हजार ३ सय ४५ जना अझै भाइरसबाट मुक्त हुन सकेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad