खेल


राजस्थानले पन्जाबको विजय यात्रा रोक्यो, मुस्किलमा पन्जाब

राजस्थानले पन्जाबको विजय यात्रा रोक्यो, मुस्किलमा पन्जाब

नेपालखबर
कात्तिक १५, २०७७ शनिबार १:४७,

इन्डियन प्रिमियर लिग(आइपीएल)मा शुक्रबार राति भएको राजस्थान रोयल्सले किंग्स एलेभेन पन्जाबलाई ७ विकेटले पराजित गरेको छ।

योसँगै पछिल्ला पाँच खेलमा अपराजित रहँदै आएको पन्जाबको विजय यात्रा पनि रोकिएको छ।

गर या मरको खेलमा पन्जाबले दिएको १८६ रनको लक्ष्य राजस्थानले १७.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो।

राजस्थानका सन्जु सामसनले २५ बलमा ४ चौका र ३ छक्कासहित ४८ रन जोडे। यस्तै बेन स्टोक्सले २६ बलमा ६ चौका र ३ छक्कासहित ५०, रविन उथाप्पाले ३०, स्टिभ स्मिथले ३१ र जस बटलरले २२ रन जोडे।

त्यसअघि क्रिस गेलले ९९ रनको पारी खेलेपछि पन्जाबले जित हात पार्न सकेन। गेलले ६३ बलमा ६ चौका र ८ छक्का प्रहार गरे।

यस्तै पन्जाबका केएल राहुलले ४६ तथा निकोलस पुरनले २२ रन जोडे। ग्लेन म्याक्सवेल भने ६ रनमै पवेलियन फर्किए। राजस्थानका जेफ्रा आर्चर र बेन स्टोक्सले २–२ विकेट लिए।

जितसँगै राजस्थानले प्लेअफ सम्भावना कायमै राखेको छ। यता हारपछि भने पन्जाबको प्लेअफ सम्भावना मुस्किल बनेको छ।

राजस्थानको यो छैटौं जित हो। १३ खेलमा १२ अंकका साथ टोली पाँचौं स्थानमा छ। यता समान खेल र समान अंक भएपनि रनरेटका आधारमा पन्जाब चौथो स्थानमा छ।

अब प्लेअफमा पुग्न रनरेटको भूमिका महत्वपूर्ण हुने देखिएको छ।Image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad