समाज


धापासीमा छुरा प्रहार गरी २५ वर्षीय युवकको हत्या, दुई जना पक्राउ

धापासीमा छुरा प्रहार गरी २५ वर्षीय युवकको हत्या, दुई जना पक्राउ

नेपालखबर
कात्तिक १५, २०७७ शनिबार १:७,

धापासीमा छुरा प्रहारबाट एक युवकको हत्या भएको। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

तनहुँ घर भइ काठमाडौंमा मजुदरी गर्दै आएका २५ वर्षीय आशिष मगरको शुक्रबार हत्या भएको हो। हत्या आरोपमा प्रहरीले दिवस अधिकारी र रवि मगरललाई पक्राउ गरेको छ।

टोखा नगरपालिका–५ धापासी बस्दै आएका मगरको उपचारको क्रममा चिरायु अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेश्वर राठौरका अनुसार घटनामा संलग्न अन्य दुई जना फरार छन्। उनीहरुको खोजी भइरहेको छ।

मगरको शव हाल त्रिवि शिक्षण महाराजगन्जमा राखिएको छ। हत्याको कारण खुलेको छैन। घटनाको थप अनुसन्धान भइरहेको एसपी राठौरले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad