इण्डियन प्रिमियर लिग (आईपीएल) छाडेर स्वदेश फर्केका चेन्नइ सुपर किंग्सका महत्वपूर्ण खेलाडी सुरेश रैना कपिल शर्मा शो मा देखिँदैछन्।
आईपीएल २०२० का लागि संयुक्त अरब इमिरेन्ट्स (युएईं) समेत पुगेका उनी व्यक्तिगत कारण देखाउँदै इण्डिया फर्केका थिए।
त्यसयता चेन्नइको खेल हेरेर उनले ट्वीटरमा प्रतिक्रिया दिने गर्थे। यसमा उनका अधिकांश प्रशंसकले ‘यदी तपाईं टिममा भएको भए खेल जितिन्थ्यो’ लगायतका कमेन्ट गर्ने गरेका छन्।
चेन्नइ १२ खेलमा ४ मा जित र ८ मा हार व्यहोर्दै अंक तालिकाको पुछारमा छ। आईपीएलको इतिहासमा चेन्नइ पहिलो पटक प्लेअफबाट बाहिर रहेको हो।
रैनासँगै चेन्नइका स्पिनर हरभजन सिंह पनि यो संस्कण आईपीएलबाट बाहिर रहे। दुवैले आईपीएलबाट बाहिर रहनुमा व्यक्तिगत कारण बताउँदै आएका छन्।
यसैबीच रैनाले ट्वीटरमा ४ वटा फोटो सार्वजनिक गरेका छन्। जसमा उनी आफ्नी श्रीमतीको साथमा शो मा पुगेका छन्।
कपिल शर्मा शो मा पुगेका रैनाले ट्वीटरमा क्याप्सन लेखेका छन्, ‘यो एउटा कदम राम्रो शो हो, कपिल पनि राम्रो होस्ट हुन् र उनको टिम महान छ। यसको लागि धन्यवाद।’
रैनाको यो पोष्टपछि उनका प्रशंसकहरु यो एपिसोड हेर्न निकै उत्सुक छन्। यो एपिसोड अर्को हप्ता प्रसारण हुनेछ। शो मा उनले आईपीएल छाडेर फर्कनुको बारेमा बताउने छन् की छैनन् त्यो भने हेर्न बाँकी नै छ।
Shares
प्रतिक्रिया