चीनले आफू र भारतबीच जारी सीमानासम्बन्धी विवादमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएको छ।
भारतको भ्रमण क्रममा अमेरिकाका विदेशमन्त्री माइक पम्पिओले आफूविरुद्ध अभिव्यक्ति दिएलगत्तै चीनले कडा शब्दमा जवाफ दिएको हो।
भारतको नयाँदिल्लीस्थित चिनियाँ दूतावासले मंगलबार विज्ञप्ति जारी गरी भनेको छ- ‘अमेरिकी अधिकारी झुट बोलिरहेका छन् र चीनविरुद्ध विभिन्न आरोप लगाइरहेका छन्। यो कूटनीतिको आधारभूत सिद्धान्तविपरीत हो।’
अमेरिकाका विदेशमन्त्री पम्पिओले चीनले प्रजातन्त्र र कानुनी शासनविरुद्ध हिँडेको आरोप लगाएका थिए।
सोही अभिव्यक्तिविरुद्ध चिनियाँ दूतावसाले विज्ञप्ति जारी गरी भारत र चीनबीच जारी सीमा विवाद समाधान गर्न आफूहरू सक्षम रहेकाे जवाफ दिएको हो।
विज्ञप्तिमा भनिएको छ- ‘तेस्रो पक्षलाई हस्तक्षेप गर्ने कुनै ठाउँ छैन।’
याे पनि :
भारत–अमेरिकाबीच ऐतिहासिक सम्झौता: यस क्षेत्रमा अमेरिकालाई के फाइदा? कसरी बढ्छ भारतको क्षमता?
अमेरिका र भारतका मन्त्रीहरुबीच भेटवार्ता, चीनको खतराविरुद्ध एक हुनुपर्ने भनाइ

प्रतिक्रिया