ad ad

खेल


बाल गोपाल महर्जनको प्रशिक्षणमा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने

बाल गोपाल महर्जनको प्रशिक्षणमा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालखबर
कात्तिक ११, २०७७ मंगलबार ११:११,

बाल गोपाल महर्जनको प्रशिक्षणमा नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण २ खेल खेल्ने भएको छ।

मुख्य प्रशिक्षक योहान कालिन स्वीडेनमा रहेका कारण राष्ट्रिय टोलीको जिम्मा महर्जनलाइ दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल छन्। नेपालले बंगलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ।

मैत्रीपुर्ण खेल ढाकास्थित बंगबन्धु रंगशालामा कात्तिक २८ र मंसिर २ गते हुनेछ। प्रशिक्षणका लागि खेलाडीहरु बुधबारसम्म काठमाडौं आइसक्ने एन्फाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .