यूरोपा लिगमा इंग्लिस क्लब टोटनहम हट्सपरले अष्ट्रियन क्लब लास्कमाथि ३–० को सानदार जित हात पारेको छ।
बिहीबार राति भएको खेलमा टोटनहमको जितमा लुकास मौर्याले १८ औं मिनेटमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए।
२७ औं मिनेटमा आद्रेस आन्द्रेडाको आत्मघाती गोलबाट टोटनहमले अग्रता फराकिलो पार्यो।
यस्तै ८४ मिनेटमा सन हुङन मिनले टोटनहमका लागि तेस्रो गोल गरे।
जितसँगै समूह जीमा विजयी सुरुवात गरेको टोटनहमले ३ अंक जोड्दै शीर्षमा स्थान बनाएको छ।

प्रतिक्रिया