राजनीति


बहुचर्चित कर्णाली विवादको छिनोफानो आज होला?

बहुचर्चित कर्णाली विवादको छिनोफानो आज होला?

नेपालखबर
कात्तिक ७, २०७७ शुक्रबार २:१५,

कर्णाली प्रदेशको नेकपा संसदीय दलमा देखिएको विवादको छिनोफानो गर्न आज (शुक्रबार) संसदीय दलको बैठक बस्दै छ।

सत्तारुढ नेकपाको केन्द्रमासमेत निकै चर्चा पाएको यो विवाद समाधानको लागि नेकपा प्रदेश संसदीय दलको बैठक बस्न लागेको हो। बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको नेकपा कर्णाली प्रदेश सभा संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन्।

नेपालीका अनुसार बैठकमा संसदीय दलमा पेस भएको मुख्यमन्त्रीसमेत रहेका दलका नेता महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ।

उनले केन्द्रले समेत मिलाउन नसकेको प्रदेश संसदीय दलको विवाद अब प्रदेशबाटै मिल्ने दाबी गरिन्। ‘आज संसदीय दलबाटै विवादको छिनोफानो गरिनेछ,’ उनले भनिन्, ‘यसको लागि विवादित पक्षसँग छलफल गरी समस्या समाधानको पहल गर्ने कोसिस हामीले गरका छौं।’

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावका अगुवा पार्टीका प्रदेश सहइन्चार्ज यामलाल कँडेल पक्ष भने बैठकको पक्षमा नरहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनीहरु आजको बैठकमा सहभागी हुने छैनन्।

कर्णाली प्रदेशमा देखिएको विवादको विषयमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले मंगलबार एकआपसमा बाझिने गरी छुट्टाछुट्टै प्रेस नोट जारी गरेका थिए।

दुबै अध्यक्षका प्रेस नोटमा ‘मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता गराउने बुँदा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad