ad ad

खेल


च्याम्पियन्स लिगमा मेस्सीले कीर्तिमान रच्दा बार्सिलोनाको सानदार जित

च्याम्पियन्स लिगमा मेस्सीले कीर्तिमान रच्दा बार्सिलोनाको सानदार जित

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार १:६,

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा लियोनल मेस्सीले १६ सिजनमा लगातार गोल गर्ने कीर्तिमान रच्दा बार्सिलोनाले फेरेन्कभारोसमाथि ५–१ को सानदार जित हात पारेको छ।

२७औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। योसँगै च्याम्पियन्स लिगको १६औं सिजनमा लगातार गोल गर्ने कीर्तिमान मेस्सीले रायन गिग्ससँग साझेदार गरे।

४२औं मिनेटमा अंशु फातीले बार्सिलोनाका लागि दोस्रो र ५२औं मिनेटमा फिलिप्पे कौटिन्होले तेस्रो गोल गरेका थिए।

६८औं मिनेटमा जेरार्ड पिकेले विपक्षी खेलाडीमाथि फल गरेपछि रातोकार्ड पाउँदै मैदान छाडे। उक्त फलपछि फेरेन्कभारोसले पाएको पेनाल्टीमा इहार खारिटिनले एक गोल फर्काए।

८२ मिनेटमा गेन्जालेज र ८९ औं मिनेटमा ओसामाने डेम्बेलेले दुई गोल थप्दै बार्सिलोनालाई फराकिलो जित दिलाए।

जितसँगै समूह जीमा बार्सिलोना ३ अंकसहित शीर्षमा उक्लिएको छ। पराजित फेरेन्कभारोस भने अंक विहिन पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .