ad ad

खेल


इयोन मोर्गनले आईपीएलमा कोलकाता नाइट राइडर्सको कप्तानी सम्हाल्ने

इयोन मोर्गनले आईपीएलमा कोलकाता नाइट राइडर्सको कप्तानी सम्हाल्ने

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार १४:३२,

इंग्ल्यान्डका कप्तान इयोन मोर्गनले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा कोलकाता नाइट राइडर्सको कप्तानी सम्हाल्ने भएका छन्।

आईपीएलको जारी सिजनमा कप्तान दिनेश कार्तिकले आफू ब्याटिङमा केन्द्रित हुने भन्दै कप्तानीको जिम्मेवारी मोगर्नलाई दिन आग्रह गरेका हुन्। उनले टोलीमा थप योगदान दिन कप्तानीको जिम्मा मोर्गनलाइ दिन व्यवस्थापनलाई आग्रह गरेका हुन्। 

कोलकताका सीईयो भेन्की मैसुरले भने, ‘दिनेश कार्तिक जस्ता लिडरहरु छन् जसले सँधै टोलीलाई अगाडि राखेका छन्। यस्तो निर्णय गर्न धेरै साहस चाहिन्छ। इयोनलाई कप्तानको रुपमा पाउनु आफूहरुका लागि खुसीको कुरा हो।’

कार्तिकले साढे २ वर्षमा कप्तानको रुपमा गरेको योगदानको उनले धन्यवाद पनि दिए।

मोर्गनलाई गत अक्सनमा कोलकाताले ५ करोड २५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो। मोर्गनको कप्तानीमा गतवर्ष इंग्ल्यान्डले पहिलो पटक एक दिवसीय विश्वकप उपाधि जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .