खेल


रोमाञ्चक अन्तिम ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै पन्जाबको जित

रोमाञ्चक अन्तिम ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै पन्जाबको जित

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार ०:४३,

बिहीबार राति भएको खेलमा पन्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८ विकेटले पराजित गर्दै पन्जाबले पाँच हारपछि पहिलो जित निकालेको हो।

१७२ रनको लक्ष्य पछ्याइरहेको पन्जाबलाई अन्तिम ओभरमा जितका लागि केबल दुई रन आवश्यक थियो। तर यूजभेन्द्र चाहालले पहिलो पाँच बलमा मात्र एक रन दिएर खेल रोमाञ्चक बनाइदिए।

पाँचौं बलमा क्रिजमा जमेका गेल समेत रनआउट भए। तर, त्यसपछि क्रिजमा आएका निकोलस पुरनले अन्तिम बलमा छक्का प्रहार गर्दै पन्जाबलाई जित दिलाए।

आठ खेल खेलिसकेको पन्जाबको यो दोस्रो जित हो। अझैपनि पन्जाब अंकतालिकाको पुछारमा छ। प्ले अफमा रहिरहन उसलाई बाँकी ६ खेलमा गर या मरको स्थिति छ।

अर्कातर्फ विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोरको यो तेस्रो हार हो। १० खेल खेलेको बैंग्लोर १० अंकसहित तेस्रो स्थानमा छ।

लक्ष्य पछ्याउनेक्रममा पन्जाबको मयांक अग्रवाल र केएल राहुलले पहिलो विकेटका लागि ७८ रन जोडे। मयांकलाई ४५ रनमा यूभवेन्द्र चाहलले पवेलियन फर्काए।

त्यसपछि राहुलले क्रिस गेलसँग ९३ रनको साझेदारी गरे। राहुलले ६१ र क्रिस गेलले ५३ रनको अर्धशतकीय पारी खेले।

त्यसअघि कप्तान विराट कोहलीले ३९ बलमा तीन चौकासहित ४८ रन जोडेपछि बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन जोडेको थियो।

त्यसबाहेक बैंग्लोरका क्रिस मोरिसले २५, सुभम दुबेले २३, आरोन फिन्चले २० र देवदत्त पाडिक्कलले १८ रन जोडे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad