साविक विजेता पोर्चुगलले स्वीडेनमाथि नेसन्स लिगमा ३–० को सानदार जित हात पारेको छ।
कोरोनाभाइरसको संक्रमणका कारण आइसोलेसनमा रहेका कप्तान क्रिस्टियानो रोनाल्डोबिनै मैदान उत्रिएको पोर्चुगललका लागि बेर्नाडो सिल्भाले एक तथा डियगो जोटाले दुई गोल गरे।
लिस्बेनमा २१औं मिनेटमा सिल्भाले पोर्चुगललाई अग्रता दिलाएका थिए। यस्तै जोटाले ४४ र ७२औं मिनेटमा दुई गोल थपे।
जितसँगै लिगको समूह ए थ्रीमा पोर्चुगल शीर्ष स्थानमा रहेको छ।
6
Shares
प्रतिक्रिया