ad ad

खेल


डेनमार्कसँग हार्‍यो इंग्ल्याण्ड, इंग्ल्याण्डका दुई खेलाडीलाई रातो कार्ड

डेनमार्कसँग हार्‍यो इंग्ल्याण्ड, इंग्ल्याण्डका दुई खेलाडीलाई रातो कार्ड

नेपालखबर
असोज २९, २०७७ बिहिबार २:४,

ह्यारी मगाएर र रेसी जेम्सले रातो कार्ड पाएर मैदान छाडेको नेसन्स लिगको खेलमा इंग्ल्याण्ड डेनमार्कसँग १–० गोलअन्तरले पराजित भएको छ।

बुधबार राति भएको खेलमा म्यानचेस्टर यूनाइटेडका कप्तान समेत रहेका मगाएरले ३१औं मिनेटमा रातो कार्ड पाउँदै मैदान छाडे। सुरुमा युसुफ पाउल्सेन र कस्पर डोलबेर्गमाथि फल गरेपछि मगाएरले रातो कार्ड पाएका थिए।

त्यसको चार मिनेटपछि क्रिस्टियन इरिक्सेनले पेनाल्टीमार्फत डेनमार्कका लागि निर्णायक गोल गरे। देशका लागि १००औं खेल खेलिरहेका उनले ३४औं गोल गरेका हुन। कायल वाल्कलले थोमस डानियलमाथि फल गरेपछि पाएको पेनाल्टीमा इरिक्सेनले गोल गरेका थिए।

यस्तै इन्जुरी समयमा रेफ्रीमाथि भनाभन गरेपछि चेल्सीका रक्षक समेत रहेका इंग्ल्याण्डका जेम्सले रातो कार्ड पाएका थिए।

यो हारसँगै इंग्ल्याण्ड आफ्नो समूहमा तेस्रो स्थानमा छ। समूहको विजेताले मात्रै २०२१ मा हुने नेसन्स लिगको फाइनल चरणमा प्रवेश पाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .