खेल


आईपीएलमा राजस्थान रोयल्सको दोस्रो जित

आईपीएलमा राजस्थान रोयल्सको दोस्रो जित

नेपालखबर
असोज २५, २०७७ आइतबार १४:२५,

इण्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गरेको छ। लिगमा दोस्रो जित निकालेको राजस्थान ६ अंकमा तालिकामा पुछारबाट दोस्रो स्थानमा छ। हैदरावाद पाँचौं स्थानमा छ। 

हैदरावादले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले १ बल अगावै ५ विकेट गुमाएर भेट्टायो। राहुल टिवाइटा ४५ र रियान पराग ४२ रनमा नटआउट रहे। सन्जु सम्सोन २६ रनमा आउट भए। खालिल अहमद र रसिद खानले समान २ विकेट झारे।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५८ रनको योगफल तयार पारेको थियो।

दोस्रो विकेटका लागि कप्तान डेभिड वार्नर र मनिष पान्डेले ७३ रनको साझेदारी गरे। वार्नरले ३८ बलमा ३ चौका र २ छक्का सहित ४८ रन जोडे। हैदराबादका मनिष पान्डेले सर्वाधिक ५४ रनको योगदान दिए। केन विलियम्सन २२ रनमा नटआउट रहे। प्रियम गर्ग १५ रनमा आउट भए।

जोफ्रा आर्चर, जयदेव उनादकट र कार्तिक त्यागीले समान १–१ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad