राजनीति


अमेरिकाले कतारलाई लडाकु विमान बेचे इजरायलले विरोध गर्ने

अमेरिकाले कतारलाई लडाकु विमान बेचे इजरायलले विरोध गर्ने

नेपालखबर
असोज २५, २०७७ आइतबार १४:१७,

अमेरिकाले कतारलाई एफ–३५ लडाकु विमान बेचे इजरायलले विरोध गर्ने जनाएको छ।

सो क्षेत्रमा इजरायलको सैन्य प्रभुत्व कायम रहन आवश्यक रहेको बताउँदै इजरायली गुप्तचर मन्त्रीले यस्तो बताएका हुन्।

गत अगस्टमा अमेरिकाको मध्यस्थतामा युनाइटेड अरब इमिरेट्स यूएई र इजरायलबीच कूटनीतिक सम्बन्ध सामान्यीकरण गर्ने सम्झौतमा हस्ताक्षर भएको थियो।

अमेरिकाले यूएईलाई हतियार बेच्न सो सम्झौता गरेको विश्लेषण गरिएको थियो। लगत्तै अमेरिकाले यूएईलाई एफ–३५ विमान बेच्ने विषयमा विचार गर्ने बताएको थियो।

त्यसपछि कतारले पनि एफ–३५ लडाकु विमान किन्ने भन्दै अमेरिकासमक्ष औपचारिक माग राखेको थियो।

तर, इजरायली मन्त्री एली कोहेनले कतारलाई सो विमान बेच्ने विषयमा आफूहरुले विरोध गर्ने बताए।

‘यो क्षेत्रमा हाम्रो सैन्य प्रभुत्व हाम्रा लागि सबैभन्दा महत्वपूर्ण कुरा हो,’ उनले भने, ‘अहिलेसम्म हाम्रो क्षेत्र स्वीट्जरल्यान्ड बनिसकेको छैन।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad