कारोबार


कोरोना सुरक्षाका लागि फुडमाण्डु र डक्टर्स अन कल नेपालबीच सहकार्य

कोरोना सुरक्षाका लागि फुडमाण्डु र डक्टर्स अन कल नेपालबीच सहकार्य

नेपालखबर
असोज २५, २०७७ आइतबार १४:३४,

फुडमाण्डुले आफ्ना कर्मचारी र उपभोक्तलाई कोरोनाबाट सुरक्षित सेवा दिन डक्टर्स अन कल नेपाल (डीओसी)सँग साझेदारी सुरु गरेको छ। 

कम्पनीमा संलग्न सबैको राम्रो स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने प्रयासअन्तरगत फुडमाण्डुले डीओसीसँग एक सम्झौता गरेको हो।

दुई कम्पनीबीच सम्झौता पत्रमा हस्ताक्षर गरेको छ र सम्झौतापछि डीओसीले स्वास्थ्य र सुरक्षा सल्लाहकारको भूमिका खेलेका जनाएको छ।

डीओसीले सुरक्षा प्राथमिकता दिन, कोभिड १९का लक्षण बारेमा कर्मचारीलाई शिक्षित पार्दै तालिम र वर्कशप मार्फत रोकथामको कार्य गर्नेछ।

साथै आईटी प्रणालीलाई उपयोग गर्दै कामका आवश्यकताहरू विकास गर्न सहयोग गर्ने, कर्मचारी र उनीहरूका परिवारका लागि अनलाइन डाक्टर परामर्शमा फुडमान्डुलाई सहयोग पु-याउनेछ। कम्पनीका लागि चौबीसै घण्टा र आकस्मिक योजनाहरू समेत उपलब्ध गराउनेछ।

फुडमान्डुले उनीहरूको पार्टनर रेष्टुरेन्टहरूसँग डेलिभरी साइकलमा सुरक्षाको कमीहरू हटाउने आशामा सुरक्षा मापदण्ड गाईडलाइनहरु कार्यान्वयन गर्न पनि प्रयत्न गरेको छ।

उनीहरूसँगको सहकार्यको अवधि मार्फत डिओसीले कोभिड १९ को वरपर रहेका लोकप्रिय मिथकहरूको पर्दाफास गर्ने, कार्यालयमा नयाँ सुरक्षा मापदण्डहरू कार्यान्वयन गर्नु, र समग्र वितरण प्रक्रियामा पनि लागू गरेको छ।

राईडरको सवारी साधन र प्रयोग गरिने झोलाहरूको लागि एउटा कीटाणुशोधन क्षेत्र स्थापना गर्नेदेखि लिएर कर्मचारीहरूका लागि कोभिड १९ जागरूकता कार्यशाला सञ्चालन गर्ने, कम्पनीमा स्यानिटाइजेसन स्टेशन स्थापना गर्ने, विशेषज्ञहरूले कम्पनीको सहज र सुरक्षित कामका लागि सुविधासम्बन्धी सबै चिन्ता सम्बोधन गर्नेछन।

डीओसीका विशेषज्ञहरूले कुनै पनि प्रकृतिको सुरक्षा ग्लोभको गलत अर्थ बारे सचेत गराउँछ।
फूडमान्डुको नयाँ प्रतिबद्धताले आफ्ना ग्राहकहरुको घरमा तातो खानेकुरा पुर्याउनु मात्र नभई सुरक्षित रुपमा पु¥याउने उद्धेश्यलाई सुनिश्चित गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad