ad ad

खेल


टोटनहम हट्सपर र एस्टन भिल्लाको सानदार जित

टोटनहम हट्सपर र एस्टन भिल्लाको सानदार जित

नेपालखबर
असोज १९, २०७७ सोमबार ५:१८,

इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटनहम हट्सपर र एस्टन भिल्लाले सानदार जित निकालेका छन्।

म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा भएको खेलमा टोटनहम हट्स्परले ६-१ को जित निकालेको हो।

खेलको सुरुवातमा नै घरेलु टोलीले बनाएको अग्रता जोगाउन सकेन। ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए पनि पहिलो हाफमा नै टोटनहमले ४-१ को अग्रता बनायो।

टोटनहमको जितमा सन ह्युङ मिन र केनले समान २ गोल गरे। सर्ज औरियर र टांगी एन्डोम्बेलेले १–१ गोल गरे।

गएराति नै भएको अर्को खेलमा ओली वाटकिन्सको ह्याट्रिक मद्दतमा एस्टन भिल्लासँग डिफेन्डिङ च्याम्पियन लिभरपुरले लज्जास्पद हार भोगेको छ।

घरेलु मैदानमा एस्टन भिल्लाले लिभरपुललाई ७-२ को हार चखाएको हो। भिल्लाको जितमा ओली वाटकिन्सले ह्याट्रिक पुरा गर्दा ज्याक ग्रेयलिसले दुई तथा जोन म्याकजिन र रस बार्कलेले समान एक गोल गरे।

लिभरपुलका मोहम्मद सलाहले दुई गोल गरेपनि हार टार्न सकेनन्। लिभरपुलले लिगमा पहिलो हार बेहारेको हो। भिल्ला अपराजित रहेको छ।

अर्को खेलमा वेष्ट ह्यामसँग लेष्टर ३–० ले पराजित भयो। साउथहेप्टनसँग वेष्ट ब्रुन २–०, आर्सनलसाग सेफ युनाइटेड २–१, वुल्भसँग फुलहाम १–० ले पराजित भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .