खेल


मुम्बइ इण्डियन्स शीर्ष स्थानमा

मुम्बइ इण्डियन्स शीर्ष स्थानमा

नेपालखबर
असोज १८, २०७७ आइतबार १५:३६,

इण्डियन प्रिमियर लिग (आईपीएल) मा तेस्रो जित निकाल्दै मुम्बइ इण्डियन्स शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा सनराइजर्स हैदरवादलाई ३४ रनले पराजित गर्दै मुम्बइ शीर्ष स्थानमा पुगेको हो। लिगमा तेस्रो जित निकालेको मुम्बइको ६ अंक भएको छ। ३ खेलमा पराजित भएको हैदरावाद छैटौं स्थानमा पुगेको छ।

मुम्बइले दिएको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको सनराइजर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन मात्र जोड्न सक्यो। कप्तान डेभिड वार्नरले सर्वाधिक ६० रनको योगदान दिएपनि हार टार्न सकेनन्। ४४ बलको सामना गरेका उनले ५ चौका र २ छक्का हाने।

मनिष पाण्डेयले ३० र जोनी वेष्ट्रोले २५ रन जोडे। सुरुवाती ब्याट्सम्यानले सनराइजर्सको ब्याटिङलाइ उकासेपनि मध्यक्रमका ब्याट्सम्याान चल्न नसक्दा हार टार्न सकेनन्।

मुम्बइका लागि टे«न्ट बोल्ड, जेम्स प्याटिन्सनल र जसप्रित बुमराहले समान २ विकेट लिए। क्रुनाल पाण्डेयले समान १ विकेट लिए।

त्यसअघि शारजाहमा टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ८ रनको योगफल तयार पारेको थियो।

मुम्बईका कप्तान रोहित शर्मा पहिलो ओभरको पाँचौ बलमा ६ रन जोड्दै पवेलियन फर्के। तेस्रो विकेटका लागि इशान किशन र क्विन्टन डी ककले ७८ रनको साझेदारी गर्दै मुम्बइको इनिङस् उकासेका थिए। ३९ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका डि कक ६७ रनमा आउट भए।

काइरन पोलार्ड १३ बलमा ३ छक्का सहित २५ रनमा अविजित रहे। क्रुनाल पान्ड्या ४ बलमा २ चौका र २ छक्का सहित २० रनमा अविजित रहे। सन्दीप शर्मा ३१ तथा हार्दिक पान्ड्या २८ रनमा आउट भए। काइरन पोलार्ड २५ र क्रुनाल पान्ड्या २० रनमा अविजित रहे।

सनराइजर्स हैदरावादका लागि सन्दीप शर्मा र सिद्धार्थ कौलले समान २ विकेट लिए। राशिद खानको नाममा १ विकेट रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad