इन्डियन प्रिमियर लिग(आइपीएल) अन्तर्गत जारी खेलमा दिल्ली क्यापिटल्सले कोलकत्ता नाइट राइडर्सविरुद्ध बिस्फोटक ब्याटिङ गरेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२८ रन बनाएको छ।
दिल्लीका कप्तान श्रेयस ऐय्यरले अविजित ८८ र पृथ्वी शाले ६६ रनको सानदार पारी खेलेपछि दिल्लीले उक्त स्कोर बनाएको हो।
ऐय्यरले ३८ बलमा ७ चौका र ६ छक्का प्रहार गरेका थिए। यस्तै पृथ्वीले ४१ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।
यस्तै ऋषब पन्तले १७ बलमा ५ चौका र एक छक्कासहित ३८ रनको पारी खेले।
कोलकत्ताका आन्द्रे रसेलले ४ ओभरमा २ विकेट लिएर २९ रन खर्चे।

प्रतिक्रिया