राजनीति


आन्दाेलन चर्केपछि बुटवलमा निषेधाज्ञा

आन्दाेलन चर्केपछि बुटवलमा निषेधाज्ञा

नेपालखबर
असोज १७, २०७७ शनिबार १५:४१,

प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ (देउखुरी) क्षेत्रमा बनाउन गरेको प्रस्तावविरुद्ध बुटवलमा आन्दोलन चर्केपछि रुपन्देही प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र तोकेको छ।

प्रशासनले ५ जना भन्दा बढी जम्मा हुन नपाईने गरी निषेधाज्ञा लगाएको हो।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राती साढे ८ बजे सूचना जारी गरी असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ।

निषेधित क्षेत्रमा र्याली र दबाबमूलक कार्यक्रम आयोजना गर्न रोक लगाएको छ।

याे पनि: प्रदेश ५ को राजधानी दाङको भालुवाङ सार्ने भएपछि बुटवलमा सुरु भयो विरोध प्रदर्शन

यस क्षेत्रका संघसंस्था र राजनीतिक दलले प्रदर्शन गरेपछि प्रशासनले प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकेको सूचनामार्फत जनाएको छ।

मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म ५ जना भन्दा धेरै भेला हुन पाइने छैन।

यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युतचोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला गर्न पाइने छैन।

याे पनि: प्रदेश ५ को राजधानी भालुवाङ बनाउने पक्षमा दुई तिहाइ कति सम्भव?

Butwal-district-notice.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad