दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग आइपीएलको आफ्नो चौथो खेलमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई बेन्चमै सीमित राखेको छ।
दिल्लीले आफ्नो चौथो खेल अहिले कोलकत्ता नाइट राइडर्सविरुद्ध खेल्दैछ।
कोलकत्ताले टस हारेर बलिङ रोजेको छ।
दिल्लीले अघिल्लो खेलभन्दा यस खेलमा दुई परिवर्तन गरेको छ।
अघिल्लो खेलमा चोटका कारण नखेलेका रविचन्द्रन आश्विन टोलीमा फर्किएका छन।
उनलाई अक्षर पटेलको स्थानमा खेलाइएको हो।
यस्तै इशान्त शर्माको स्थान हर्सल पटेलले लिएका छन।
3
Shares

प्रतिक्रिया