मेस्सीले स्वारेजलाई अन्तिमपटक विदाई गर्दै बार्सिलोना क्लबविरुद्ध असन्तुष्टि पोखेका छन्।
मेस्सीले क्लबले बार्सिलोनाको इतिहासकै महत्वपूर्णमध्ये एक खेलाडीलाई निकालेको भन्दै क्लबको आलोचना पनि गरेका छन्।
मेस्सीले इन्स्टाग्राममा भनेका छन्,‘हामीले सँगै विताएका पलहरु म कहिल्यै बिर्सने छैन। ड्रेसिङ रुमदेखि पिचमा म तिमीलाई सम्झिनेछु। तिमीले अर्को जर्सी लगाएको देख्दा मलाई अचम्म लाग्नेछ।’
A post shared by Leo Messi (@leomessi) on
क्लबलाई संकेत गर्दै मेस्सी भन्छन्,‘उनीहरुबाट तिमी निकालिनु त्यो लायकको कुरा होइन। तिमी बार्साको इतिहासकै महत्वपूर्णमध्ये एक खेलाडी हौं।’
स्वारेजले बार्साबाट २८३ खेल खेल्दा १९८ गोल गरेका थिए। मेस्सी र स्वारेज क्लबका निकै मिलनसार सहकर्मी थिए। उनीहरु सँगै छुट्टी मनाउन जान्थे। एजेन्सी
Shares

प्रतिक्रिया