१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलमा स्वर्ण विजेता टोलीका सदस्य फरवार्ड राजेश परियार भारतको दोस्रो श्रेणी लिग, आई लिग–२ खेल्न भारत पुगेका छन्।
उनले अहमदाबाद र्याकेट एकेडेमी फुटबल क्लबसँग खेल अवधीभरका लागि सम्झौता गरेका हुन्। उनले गत सिजन न्युरोड टिम एनआरटीबाट ए डिभिजन लिग खेलेका थिए।
यसअघि राष्ट्रिय टोलीका फरवार्ड अभिषेक रिजालले पनि दोस्रो श्रेणीको क्लब मोहमडन फुटबल क्लबसँग सम्झौता गरिसकेका छन्। रिजाल विगत एक महिनादेखि क्लबमा नियमित प्रशिक्षणमा छन्।
3
Shares

प्रतिक्रिया