कोरोना महामारीका कारण समस्यामा परेका खेलाडीलाई नेपाल भलिबल संघले राहत वितरण सुरु गरेको छ। संघले समिती गठन गरी राहत वितरण सुरु गरेको हो।
संघले पहिलो चरणमा राष्ट्रिय भलिबल टोलीका सदस्यद्वय सलिना श्रेष्ठ, उषा भन्डारी र बिच भलिबलका राजु बिकलाई राहत सहयोग गरेको हो।
राहत समितिका संयोजक तथा नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्के तथा संघका सचिव तथा समितिका सह–संयोजक मनविर छन्त्यालले सलिनाको निवास दक्षिणकाली नगरपालिका टौदह र उषाको निवास टोखा नगरपालिका नयाँ बसपार्कमा पुगेर राहत हस्तान्तरण गरेका हुन्। यस्तै संघले गृह जिल्ला बाग्लुङमा रहेका बिच भलिबलका राजु विकलाई उनकै खातामा आर्थिक सहयोग पठाइसकेको संयोजक मास्केले जानकारी दिइन्।
‘राष्ट्रिय स्तरका सबै खेलाडीको तथ्यांक संकलन गरिरहेका छौं। अति आवश्यक देखिएकालाई पहिलो चरणमा तत्काल राहत उपलब्ध गराएका हौँ। संकटमा परेका सबै खेलाडीलाई राहत उपलब्ध गराउने छौं' संयोजक मास्केले भनिन्।

प्रतिक्रिया