समाज


उपत्यकामा वैकल्पिक कवरस्थानको खोजी

उपत्यकामा वैकल्पिक कवरस्थानको खोजी

नेपालखबर
भदौ ३१, २०७७ बुधबार १२:१४,

मुस्लिम धर्मावलम्वीहरुका कुनै व्यक्तिको कोभिडबाट ज्यान गएमा मृत्यु संस्कार गर्न उपत्यकामा वैकल्पिक कबरस्थान (मुस्लिम धर्मालम्बीको धर्मअनुसार मृत्यु पछि शव गाडिने ठाउँ) को खोजी गरिने भएको छ।
कोरोनाका कारण त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका एकजनाको स्वयम्भुमा रहको एक मात्रै कबरस्थानमा शव गाड्न स्थानीयले अवरोध गरेपछि वैकल्पिक ठाउँको खोजी गरिने भएको हो।

त्यसका लागि मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ। स्थानीय वडा कार्यालय र स्थानीयहरुले कोभिडबाट मृत्यु भएकाहरुलाई स्वयम्भुमा रहेको कवरस्थानमा गाड्न नदिने बताएपछि ४ दिनसम्म ती मृतकको अन्तिम संस्कार गर्न सकिएको थिएन।

सामाजिक सद्भाव नविगार्न उपत्यकामा वैकल्पिक कबरस्थानका लागि ठाउँ खोजिने अध्यक्ष अन्सारीले बताए। आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृहमन्त्रालय, सुरक्षा निकाय र स्थानीय तहका प्रतिनिधिसम्मिलित छलफलले वैकल्पिक स्थान खोजी गर्न समिति गठन गरिएको हो। छलफलका क्रममा भट्टेडाँडा, चम्पादेवी, फर्पिङ, शिवपुरी डाँडा र नागार्जुन डाडाँको अध्ययन गर्न सुझाव आएको उनले बताए।

बस्तीभन्दा टाढा, स्थानीयलाई अफ्ठ्यारो नपर्ने र गाडी तथा एम्बुलेन्स सहजै जाने ठाउँको अध्ययन गरी कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) लाई सिफारिस गरिने उनले बताए।

उपत्यकामा बैकल्पिक कवरस्थानका लागि ठाउँ नभेटिए उपत्यका बाहिरबाट उपचारका लागि काठमाडौं आएका तर निधन भएकाहरुलाई सम्बन्धि जिल्लामा पठाउने व्यवस्था सरकारले गर्नुपर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad