ad ad

राजनीति


नेकपाको संसदीय दलका काम कारबाही अब एउटै भवनबाट

नेकपाको संसदीय दलका काम कारबाही अब एउटै भवनबाट

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार ७:२३,

तत्कालीन नेकपा-एमाले र माओवादी पार्टीबीच एकता भई नेकपा बनेको दुई वर्षभन्दा बढि समय बितिसक्दा पनि दुईवटा भवनमा चलिरहेको संसदीय दलको काम कारबाही अब एउटै भवनबाट हुने भएको छ।

हाल नेकपाको सिंहदरबारमा रहेको दुईवटा भवनबाट संसदीय गतिविधि भइरहेको छ। अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको अन्तर पार्टी सर्कुलरको ८ नम्बर बुँदामा एउटै भवनबाट संसदीय दलको कार्यालय सञ्चालन गर्ने उल्लेख गरिएको छ।

‘संसद पार्टी कामको महत्वपूर्ण थलो हो। संघीय संसदमा करिव दुई तिहाइको नजिक रहेको हाम्रो पार्टीको प्रभावकारी उपस्थितिलाई भूमिकाको दृष्टिले पनि प्रभावकारी बनाउन जरुरी छ। त्यसका लागि संसदीय दललाई दलको विधानअनुरूप प्रभावकारी रूपमा सञ्चालन गर्ने,’ संसदीय दलको भूमिकालाई प्रभावकारी बनाउने शीर्षकमा लेखिएको छ, ‘दलको एउटै भवनबाट संसदीय दलको कार्यालय सञ्चालन गर्ने।’

सो निर्देशनमा संसदीय दलका सदस्यहरूलाई सम्बन्धित विषयहरूमा प्रशिक्षणको व्यवस्था गर्ने, सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम, बजेट, विधेयक र अन्य महत्वपूर्ण विषयहरूमा संसदीय दलका सदस्यहरूमाझ छलफल गर्ने, सुझाव लिने र संसदीय दलको निर्णयका आधारमा संसद तथा समितिहरूमा सांसदहरूको भूमिकालाई एकरूप र प्रभावकारी बनाउने उल्लेख छ।

‘सांसदहरूले सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम, बजेट, विधेयक, सन्धीलगायत प्रस्तावहरू पारित गर्न सक्रिय भूमिका निर्वाह गर्ने,’ सो निर्देशनमा उल्लेख छ।

तत्कालीन एमालेले प्रयोग गर्दै आएको संसदीय दलको भवन र माओवादी केन्द्रले प्रयोग गरिरहेको छुट्टाछुट्टै भवनबाट पार्टीका संसदीय काम हुँदै आइरहेकोमा अब भने एउटै भवनबाट काम गर्ने निर्णय गरिएको हो।

२०७५ जेठ ३ गते पार्टी एकता भएपनि संसदीय दलका दुवै कार्यालयमा गतिबिधिमा जारी थिए।

पार्टी स्थायी कमिटी बैठक भदौ २६ गते सम्पन्न भएपछि बैठकका निर्णयअनुसार दुई अध्यक्षले अन्तरपार्टी निर्देशन जारी गरेका हुन्।

याे पनि: 
ओली–प्रचण्डकाे स्वीकाराेक्ति : अन्तरविरोधका कारण बैठक नै अवरुद्ध हुनु गम्भीर (दस्तावेज)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .