टि-२० विश्वकपको एसिया छनौटमा नेपालले कतारविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।
नेपालले यस खेलमा नयाँ ओपनिङ जोडीलाई क्रिजमा उतारेको छ। ओपनिङमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल आएका छन्।
यसअघि पारसले ओपनिङ र ज्ञानेन्द्र दोस्रो नम्बरमा खेल्दै आएका थिए। अघिल्लो हप्ता भएको मलेसियाविरुद्धको दुुई टि-२० शृंखलामा कप्तान पारस खड्काको ओपनिङ पार्टनरका रुपमा पवन सर्राफ र प्रदीप ऐरीलाई उतारिएको थियो।
तर दुबै खेलमा ओपनिङ जोडी चल्न नसकेपछि नेपालले यस खेलमा नौलौ प्रयोग गरेको हो।
यस खेलमा मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले टोलीमा फर्किएका छन्। पवन सर्राफ, रोहितकुमार पौडेल र प्रदीप ऐरीले भने टोलीमा स्थान बनाउँन सकेनन्।
कतारविरुद्ध नेपालले एसिया छनौटमा पहिलो खेल खेल्न लागेको हो। यस प्रतियोगिताको विजेता टोली टि-२० विश्वकपको ग्लोबल छनौटमा पुग्नेछ। १४ टोली सहभागिता जनाउँने ग्लोबल छनौटबाट ६ टोलीले विश्वकप खेल्नेछन्।

प्रतिक्रिया