ad ad

खेल


१३ औं साग : अनियमितता छानबिन गर्न उप-समिति गठन

१३ औं साग : अनियमितता छानबिन गर्न उप-समिति गठन

नेपालखबर
भदौ ५, २०७७ शुक्रबार ९:२०,

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेल सामग्री खरिदमा भएको अनियमितताका विषयमा छानबिन गर्न उप-समिति गठन भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागको खेल सामग्री खरिदमा भएको अनियमितता छानबिन गर्न उप-समिति गठन गरेको हो।

राखेप बोर्ड सदस्य गोविन्द बहादुर भट्टराईको संयोजकत्वमा गठन भएको ५ सदस्यीय समितिले खेल सामग्रीमा भएको अनियमितता छानबिन गर्नेछ। उपसमितिले ब्याडमिन्टन खेलका सामग्री खेलाडीहरुले समयमा नपाएको, प्राप्त खेल सामग्री गुणस्तरहीन रहेको भन्ने उजुरीमाथि छानबिन गर्नेछ।

उपसमितिका संयोजक भट्टराईले खेलकुद सामग्रीको गुणस्तर चित्त बुझ्दो नभएको, कोटेशन अनुसारको स्टोर दाखिला नभएको, स्टोर दाखिला भएका सामग्री खेलाडीहरुले प्राप्त नगरेको लगायतका विषयमा छानबिन हुने बताए।

अहिले ब्याडमिन्टनका खेल सामग्रीमा भएको अनियमितताका विषयमा निवेदन प्राप्त नभएकाले सोही विषयमा छानबिन गरिने उनले बताए। अरु क्षेत्रबाट पनि खेलाडी प्रशिक्षकहरुले प्रमाणसहित उजुरी गरेको खण्डमा राखेप र मन्त्रालयले छानबिन गर्ने उनले बताए।

उपसमितिमा राखेप तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुनबहादुर विक, राष्ट्रिय टिम तयारीका प्रमुख महेन्द्रकुमार राई, कानून शाखा प्रमुख नारायण अर्याल र लेखा अधिकृत पासङ फिजिङ शेर्पा छन्।

उप समितिले २१ दिनभित्र प्रतिवेदन राखेपलाई बुझाउने छ। नेपाल ब्याडमिन्टन संघका उपमहासचिव लवभक्त श्रेष्ठमाथि आर्थिक अनियमितताको आरोप लागेपछि उनले राजीनामा बुझाईसकेका छन्। सागमा खेलाडीको सामग्री खरिदमा आर्थिक अनियमितता गरेको आरोप लागेपछि उनले राजीनामा बुझाएका हुन्।

यसअघि शुक्रबार याडमिन्टन खेलाडीहरुले आफ्नो नाममा आएको खेल सामग्री अझैसम्म नपाएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा उजुरी निवदेन दर्ता गराएका थिए।

सागमा नेपालको तर्फबाट राष्ट्रिय ब्याडमिन्टन टोलीमा १० महिला र १० पुरुष खेलाडीको सहभागिता रहेको छ। जसमा नेपालले ५ कास्य पदक जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .