ad ad

कारोबार


साल्ट ट्रेडिङले सोमबारदेखि युरिया मल वितरण गर्ने

साल्ट ट्रेडिङले सोमबारदेखि युरिया मल वितरण गर्ने

नेपालखबर
भदौ ५, २०७७ शुक्रबार ८:५६,

रासायनिक मलको हाहाकार भइरहेको बेलामा साल्ट ट्रेडिङ विराटनगरले केही हदसम्म युरिया मलको अभावलाई टार्ने भएको छ। आइतबार वा सोमबारदेखि पूर्व क्षेत्रका १६ जिल्लामा २६० कृषि सहकारीमार्फत रासायनिक मल युरिया वितरण गर्ने तयारीमा साल्ट जुटेको छ।

कार्यालयमा आजै ३० मेट्रिक टन युरिया प्राप्त हुने र दुई दिनभित्र पाँच हजार ६०० मेट्रिक टन युरिया कार्यालयसम्म आइपुग्ने प्रमुख राधेश्याम चौधरीले जानकारी दिए। उनका अनुसार उच्च गुणस्तरको उक्त युरिया मल प्रतिबोरा मूल्य रु ७०० कायम भएको छ भने सहकारीले प्रति बोरामा १२ रुपैयाँ ५० पैसा छुट पाउने व्यवस्था गरिएको छ।

विगतदेखि नुन, चिनी र रासायनिक मल किसानलाई उपलब्ध गराउँदै आएको यो कार्यालयले केही दिन पहिले छ हजार मेट्रिक टन युरिया मल किसानलाई उपलब्ध गराइसकेको कार्यालय प्रमुख चौधरीले जानकारी दिए।

साल्ट ट्रेडिङले आफ्ना मातहतका झापाको विर्तामोड, सिरहाको लहान र सप्तरीको राजविराज तथा आफनै कार्यालयबाट मोरङ, सुनसरी, धनकुटा, भोजपुर, सङ्खुवासभा र तेह्रथुम जिल्लाका किसानलाई मल उपलब्ध गराउँदै आएको छ।

विगत दुई दशकको अवधिमा यसै वर्ष धान रोपाइँ पूर्वी क्षेत्रमा ९५ प्रतिशतभन्दा बढी अर्थात तीन लाख २२ हजारभन्दा बढी हेक्टर जमिनमा किसानले धान लगाएका छन्। धान रोपेको १३ दिनपछि किसानले खेतमा युरिया हाल्ने गर्दछन्।

यस वर्ष मलको अभावमा किसानले युरिया मल हाल्न सकेका छैनन्। किसानले आफ्नै हिसाबले भारतबाट युरिया मल खरिद गरेर खेतमा हाल्ने गरेका छन्। भारतबाट खरिद गरिएको युरिया मलको गुणस्तर निकै निम्न रहेको कृषि विज्ञहरुको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .