खेल


मेस्सी अनुबन्ध गर्न म्यानचेस्टर सिटी जति तिर्न पनि तयार

मेस्सी अनुबन्ध गर्न म्यानचेस्टर सिटी जति तिर्न पनि तयार

नेपालखबर
साउन ३२, २०७७ आइतबार ९:२३,

हालै च्याम्पियन्स लिगमा बार्यन म्युनिखसँग बार्सिलोना ८–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

मेस्सीले क्लबमा परिमार्जन चाहेको भनेर स्पेनका संचारमाध्यमले बताइरहेका छन्। यदी क्लबमा भनेकोजस्तो परिवर्तन नदेखे मेस्सीले सन् २०२१ मा क्लब छाड्ने अनुमान गरिएको छ।

बार्सासँग मेस्सीको सम्झौता सोही वर्षसम्मका लागि छ। मेस्सी क्लबसँग असन्तुष्ट बनिरहेको समयमा म्यानचेस्टर सिटीले मेस्सीलाई जसरी पनि क्लबमा अनुबन्ध गर्ने योजना बनाएको द सनले जनाएको छ।

सम्झौता अगावै मेस्सीलाई अनुबन्ध गर्दा म्यानचेस्टर सिटीले ६३५ मिलियन पाउन्ड तिर्नुपर्नेछ। सम्झौता अनुसार हाल मेस्सीको बाइ–आउट क्लज ६३५ मिलियन पाउन्ड हो।

Lionel Messi: Pep Guardiola explains why Barcelona star is the ...

मेस्सीले क्लब छाड्न चाहे उनलाई सिटीले खुशी हुँदै स्वागत गर्ने पनि अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

सिटीमा बार्साका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाले प्रशिक्षण दिइरहेका छन्। मेस्सी सिटीमा अनुबन्ध भए सिटी विश्वकै बलियो क्लब बन्ने उनको विश्वास छ।

यसअघि मेस्सीलाई प्रशिक्षण दिएका पेप मेस्सी सर्वोत्कृष्ट खेलाडी भएको बताउँछन्। पेप ग्वार्डिओलाको समयमा बार्सिलोनाले ठूलो सफलता हात पारेको थियो।

मेस्सी क्लबको व्यवस्थापनसँग सुन्तुष्ट नभएको खबर बारम्बार आएका छन्। यद्यपी मेस्सीले धेरैपटक आफूले बार्सिलोना नछाड्ने बताइसकेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad